प्रधानमन्त्री ओली र दाहालबीच आजपनि छलफल

काठमाडौं–  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहालबीच आजपनि वार्ता हुनेभएको छ ।

ओली र दाहालबीच पार्टी एकताका बिषयमा आज बिहान ९ बजेपछि एक्ला एक्लै वार्ता हुने एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

ओली र दाहालबीच हिजो पनि एक्ला एक्लै छलफल भएको थियो । बैठकमा दुई नेताबीच पार्टी एकता,पद बाँडफाँड र सरकारमा सहभागीता लगायतका विषयमा पनि छलफल हुने छ ।

माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनिसकेपनि दुई पार्टीबीच एकीकृत पार्टीमा पदीय भागवण्डाका नमिलेपछि माओवादी सरकारमा न जाने अडान लिएको छ । आजको बैठकमा नेताहरूको व्यवस्थापन, राष्ट्रपति,उपराष्ट्रपति,सभामुख,उपसभामुख, राष्ट्रियसभा अध्यक्षलगायत मुख्य पदको भागबन्डा टुङगीने संभावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्