ओली र दाहालबीच पाँच घण्टासम्म चलेको ‘लन्च मिटिङ’ मा के भयो?

काठमाडौं । एमाले र माओवादी केन्द्र वैचारिक विवादलाई महाधिवेशनसम्म छलफल गर्दै लैजाने सहमतिको नजिक पुगेका छन् । सोमबार वाम एकता संयोजन समितिले निष्कर्ष निकाले माओवादीले मंगलबार आफ्नातर्फबाट मन्त्री पठाउने सम्भावना छ ।

माओवादी स्रोतका अनुसार सरकारको नेतृत्व रामबहादुर थापाले गर्नेबारे कुराकानी भइरहेको छ । यद्यपि, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मालगायतले सरकारमा पार्टीबाट आफैं नेतृत्व गर्ने आन्तरिक माहोल बनाउन खोजिरहेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन दिनयता भएको एकल छलफल वैचारिक विवादलाई थाती राख्दै तत्काल अन्य विषय मिलाएर जानेतर्फ सकारात्मक देखिएको हो ।
‘दुई अध्यक्षबीचको छलफल सकारात्मक बनेको छ, अब वाम एकता संयोजन समितिले अन्तिम रूप दिन्छ,’ वाम गठबन्धनका एक नेताले भने, ‘माओवादीबाट सरकारमा मन्त्री पठाउने विषयमा पनि करिब सहमति बनेको छ ।
प्रतिक्रिया दिनुहोस्