कोरोनाको दोस्रो लहर भयावह बने ‘फेरि लकडाउन’

पार्वती पाठक, काठमाडौं , चैत ३१ । भारतमा कोरोनाभाइरसको दोस्रो लहर आएसँगै नेपालमा पनि त्यसको असर देखिन थालेको छ। चैतमा देखिएका संक्रमितको तथ्यांकले नेपालमा पनि दोस्रो लहर आउनसक्ने संकेत गरेको हो ।

कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेका बेला फेरि नयाँ कोरोना भाइरसको दोस्रो लहरले भयावह बन्न सक्ने अवस्था आउने स्थिीती सिर्जना भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को साप्ताहिक इपिडिमियोलजिकल अध्यावधिक विवरणअनुसार कोभिडको नयाँ संक्रमण विश्वव्यापी रूपमा बढिरहेको छ । भारतमा कोरोना संक्रमणले दिनानुदिन नयाँ रेकर्ड तोडि रहेका बेला नेपालमा पनि जोखिम बढेको छ ।

भारतका विभिन्न राज्यमा स्थानीय सरकारले लकडाउन गरेकाले त्यहाँ काम गरिरहेका नेपाली पुनः नेपाल फर्कने सम्भावना छ । कतिपय त आइसकेका पनि छन् ।

नेपालबाट रोजगारीका लागि धेरै जसो मानिस भारत जाने गर्दछन् । अहिले त्यहाँ कोरोना बढेकाले केहि ठाउँमा लकडाउ गरिएको हुँदा त्यहाँ गएकाहरु ध्माधम घर फर्किरहेका छन् । भारतबाट हुन सक्ने संक्रमण विस्तारका दृष्टिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलाई बढी संवेदनशील मानिन्छ । भारतका विभिन्न राज्यमा कोभिड संक्रमण तीव्र भएको दुई–तीन सातापछि नेपालमा पनि पछिल्लो समय संक्रमण बढ्दै जान थालेको छ  ।

हाल भारतमा देखिएको संक्रमणमा वृद्धि र विश्वको विभिन्न भागमा देखिन थालिएको कोभिडको नयाँ भाइरसले गर्दा आगामी एक महिना नेपालमा संक्रमण विस्तारको दृष्टिले निर्णायक हुने आंकलन गरिएको छ । यसप्रति स्वास्थ्य मन्त्रालय गम्भीर देखिएको छ ।

मन्त्रालयले दैनिकजसो स्वास्थ्य सतर्कता अपनाउन सूचना जारी गरिरहेको छ । भेलाहरुमा कडाई गर्ने प्रस्ताव तयार गरेको छ ।स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी मन्त्रिपरिषदमै प्रस्ताव लगेको छ । अब भेला तथा जमघटमा कडाई गर्ने नीति लिने पनि सरकारको तयारी छ ।

यस्तै विद्यालय तथा शैक्षिक संघसंस्थालाई स्वास्थ्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेर विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढिरहेको तथ्यांकबारे समेत खुलाएको छ ।

स्वीमिङ पुल, सिनेमा घरलगायत भीडभाड हुने स्थानहरुमा सतर्कता अपनाउन भनेको छ । कोरोनाको जोखिम बढेको भन्दै फेरि पनि लकडाउ हुने हल्ला बजारमा छ । तर यस विषमा स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले भने तत्काल सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।

यसैगरी, यता बिहिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन हुन सक्नेको सम्भावनाको संकेत पनि गरेका छन् । उनले सावधानी नअपनाए बाध्य भएर देश नै ठप्प पार्ने अवस्था आउनसक्ने बताएका हुन् ।

यता पहिले नै कोरोनाले देशको अर्थतन्त्र नै डामाडोल भएको भन्दै व्यवसायी पनि चिन्नत भएका छन् । लकडाउन गर्न नहुने तर, सतर्कता अपनाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनीहरुको जोड छ ।
लकडाउनमा जान नहुने तर सरकारले सीमामा कडाई गर्ने देखि स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने धेरैको सुझाव रहेको छ ।

लकडाउनभन्दा सरकारले अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न आवश्यक छ । लकडाउनले कोभिड नियन्त्रण गर्न सहज हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने हुँदा सरकार लकडाउनमा जान नहुने आमजनमासको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्