शाकाहारी तथा वनस्पतिजन्य खानेकुरा
काठमाडौँ, २८ चैत । पशु कल्याणकारी संस्था स्नेहाज केयरले शाकाहारी तथा वनस्पतिजन्य खानेकुरालाई स्वस्थ्यकर बनाउन काठमाडौँ उपत्यकाका विभिन्न रेष्टुरेण्टका ३० कुकुलाई प्रशिक्षण दिएको छ । बौद्धस्थित सेतो गुम्बाले सञ्चालनमा ल्याएको उत्पला रेष्टुरेण्टको सहकार्य तथा अन्य केही संस्थाको समन्वयमा विभिन्न किसिमका भिगान खानेकुराका साथै बारा, आलु, भटमास, तोफुु, पनिरका विभिन्न परिकार बनाउन सिकाइएको छ ।
हिंसारहित भोजनको विकास गरी स्वस्थ्य जीवनशैली विकास गर्ने उद्देश्यले सञ्चालित प्रशिक्षणमा शाकाहारी खानेकुराका माध्यमबाट मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने पौष्टिक तत्व प्रदान गर्न सकिने विषयवस्तुुलाई समेत सिकाइएको छ । पशु कल्याणका क्षेत्रमा क्रियाशील अधिकारकर्मी स्नेहा श्रेष्ठले विशुद्ध शाकाहारी खानेकुराले मासिलाई तनावमुक्त गरी शान्त बनाइ शरीरलाई स्वच्छ र स्वस्थ्य बनाउने अनुभव प्रदान गर्नुभयो ।
शाकाहारी भोजनको सेवनले पशु कल्याणका साथसाथै मानव स्वास्थ्य र प्रकृतिको समेत संरक्षण हुने आयोजक संस्थाका कार्यकारी प्रमुख कपिल काफ्लेले बताउनुभयो । बन्दाबन्दीको समयमा काठमाडौँ उपत्यकाका मन्दिर तथा सडक आसपासका जनावरलाई खानेकुराको व्यवस्थापन गरेको उक्त संस्थाले विभिन्न समयमा शाकाहारी जीवनशैली, स्वास्थ्य तथा पशु कल्याण सम्बन्धमा विभिन्न धार्मिक समुदायका प्रतिनिधि तथा विज्ञसँग अन्तक्र्रिया गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्