म्याक्स टाइगर इनर्जी ड्रिंकका उपभोक्ताले ४ लाखको मोटरसाइकल उपहार पाए
काठमाडौं, १९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–१ भमकेका लिलाधर भण्डारीलाई १ सय रुपैयाँको म्याक्स टाइगर इनर्जी ड्रिंक किन्दा ४ लाख रुपैयाँको मोटरसाइकल उपहार परेको छ ।
एग्रो थाई फुड्सद्वारा उत्पादित ब्रान्ड म्याक्स टाइगर इनर्जी ड्रिंक पिउँदा म्याक्स टाइगर दसैं–तिहार धमाका उपहार योजनाअन्तर्गत भण्डारीलाई यामाहाको एफजेड मोटरसाइकल परेको हो ।
म्याक्स टाइगरका दाङ जिल्ला बिक्रेता जगत आचार्य, राप्ती अञ्चल लिकर्स एसोसिएसनका अध्यक्ष हिमाल न्यौपाने, कम्पनीका म्यानेजर नवीन पौडेल र रमेशबहादुर शाहीले बुधबार घोराहीमा मोटरसाइकलको चाबी हस्तान्तरण गरेका थिए । उनले घोराहीको ट्राफिक चोकमा रहेको एमएस मदिरा पसलबाट म्याक्स टाइगर किनेका थिए ।






















प्रतिक्रिया दिनुहोस्