दानबहादुर कार्कीका लागि प्रधामन्त्री कार्यालयमा छुट्टै ‘विशेष सुरक्षा सल्लाहकार’को कक्ष तयार, उनी भने सर्वोच्च तिर
काठमाडौं, १९ कार्तिक । हिजोमात्र सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि प्रधामन्त्री कार्यालयमा छुट्टै ‘विशेष सुरक्षा सल्लाहकार’ को पद सिर्जना गरि सुरक्षा सल्लाहकारका लागि पनि कोठा व्यवस्थापन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी स्थापित गरिएको उक्त पदको पत्र लिन निवर्तमान आईजीपी कार्की बिहीबार सिंहदरबा गएनन् । तर उनी सरकारविरुद्धकै रिट लिएर सर्वोच्च अदालत गएका छन
।
हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाई डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । कार्कीलाई भने नयाँ दरबन्दी सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी निर्णय लिएको थियो ।
यद्यपि, उनी बिहीबार प्रधानमन्त्री कार्यालय गएनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार, उनलाई पनि कोठाको व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, उनलाई प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा कार्यकक्षको व्यवस्थापन गरिएको छ । उनलाई नेपाल सरकारको सचिवसरह हुनेगरी सुविधा मिलाइएको स्रोत बताउँछ । सरकारका सचिवलाई आफ्नै कार्यकक्ष, सवारी साधन र सुरक्षा पनि उपलब्ध गराउने गरिन्छ । यो प्रकरणले नेपालीवत्त तातेको छ ।






















प्रतिक्रिया दिनुहोस्