माओवादी केन्द्रको वैठक वस्दै , सरकारमा पठाउने मन्त्रीलगायतका विष्यमा छलफल हुने

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको बैठक बोलाएका छन् । अहिले केहिबेरमा बस्ने बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसंग भएको वान टु वान वार्ताका बारेमा जानकारी दिने बुझिएको छ ।

बैठकमा पछिल्लो समय पेचीलो बैन्दै गएका पार्टी एकिकरण प्रकृया लगायतका विषयमा छलफल हुने छ । बैठकमा सरकारमा पठाउने मन्त्रीलगायतका विष्यमा पनि छलफल हुने केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिईन ।

माओवादी केन्द्रले पार्टी एकिकरण तथा सरकार विस्तार प्रकृया प्याकेजमै सुल्झाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्