एमाले-माअाेबादी एकता प्रक्रिया लम्बिँदै

काठमाडौँ – नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच एकताको खाका निर्माणमा सहमति हुन नसक्दा पार्टी एकीकरणमा ढिलाई भएको छ ।

माओबादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ । पार्टी एकताबारे एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच निरन्तर रुपमा छलफल जारी रहेको छ ।

तर दुबै अध्यक्षले आफ्ना पार्टीका अन्य नेताहरुसंग एकीकरणका लागि भइरहेको गृहकार्यबारे केही बताएका छैनन् । एकीकरणका सम्बन्धमा दुबै नेताबीच भएको तयारीबारे जानकारी नपाउँदा अन्य नेताहरु असन्तुष्ट बन्दै गएका छन् ।

दुबै नेताहरुबीच सहमति भयो भन्ने विषय आउँछ तर के भयो भन्ने जानकारी सञ्चारमाध्यमबाट मात्र थाहा पाउनुपर्ने अवस्था छ बाम गठबन्धनका एक नेताले भने सहमति भएको हो कि नभएको हो त्यस विषयमा हामी अन्योलमा छौँ ।

दुई पार्टीबीच गत बुधबार नै लिखित सहमति गर्ने भनिएको थियो । तर अन्तिम समयमा आएर सहमति हुन सकेन । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्