ओलीको प्रस्तावमा राजपा र फोरम सकारात्मक

काठमाडौं – मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् ।

संविधान संशोसध र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा साभागी हुने विषयमा छलफल गर्न सकारात्कम देखिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए । वार्तामा ओलीले  आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटर अघि बढ्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्