वाम एकतालाई कसैले रोक्न नसक्ने माओवादी केन्द्रका अध्यक्ष दाहालको दावी

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम एकतालाई कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

महोत्तरीको हात्तीलेटमा आयोजित जनसभामा दाहालले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताए। तर, कसैले षडयन्त्र गरेपनि वाम एकता भएरै छाड्ने उनको दाबी थियो ।
गठबन्धन फुटाउने षड्यन्त्र भई रहेको बताउँदै उनले त्यो षड्यन्त्र अन्तिम समयसम्म पुरा हुन नदिने जिकिर गरे ।

वाम एकता भाँड्न दक्षिणपन्थी र देशभित्रका बिरोधीहरु लागेको भन्दै उनले बिरोधीको एम्बुसमा कोही नेता कार्यकर्ता नपर्न र सचेत रहन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्