खुमबहादुर खड्का अचानक अस्पताल भर्ना, उपचार गर्न आजै दिल्ली लगिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

खड्कालाई बिहीबार अस्पताल भर्ना गरिएको हो । नेता खड्का लामो समयदेखि मृगौला रोगबाट पीडित छन् ।

थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खड्कालाई शनिवार उपचारका लागि भारत लगिने उनका सहयोगी चुडामणि कँडेलले जानकारी दिए ।

मृगौलाको समस्या भएपछि मृगौला नै फेरेका खड्कालाई युरिक एसिड समेत रहेको छ । धेरै धपेडी हुँदा उनलाई अस्पताल भर्ना गरिएको आफन्तले जनाएका छन् । खड्काको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सहयोगी कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्