किन बोलायो तरुण दलले अगुवा कार्यकर्ता भेला ? यस्तो छ कारण

काठमाडौं – कांग्रेसको भ्रातृ संगठन तरुण दलले प्रजातन्त्र दिवसका अवसर पारेर फागुन ७ मा उपत्यकास्तरीय अगुवा कार्यकर्ता डाकेको छ ।

भेलामा प्रदेश तथा प्रतिनिधिसभा चुनावमा लज्जास्पद पराजय भोगेको माउ पार्टी कांग्रेसलाई कसरी पुन: सशक्त बनाउने भन्ने छलफल हुने जानकारी तरुण दलले दिएको छ ।

भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कायर्त्रमक छ । भेला पार्टीको सानेपास्थित केन्द्रीय कार्यालयमा हुने तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले जानकारी दिए ।

उनका  अनुसार उपत्यकाबाहेकका जिल्लामा तरुण दलका जिल्ला समितिहरूलाई विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउन निर्देश गरिएको छ । ‘केन्द्रीय समितिले देशव्यापी रूपमा प्रजातन्त्र दिवसका अवसर पारेर कार्यक्रम गर्न तरुण दलका जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ,’ शाहीद्वारा जारी विज्ञप्तिमा छ ।
प्रतिक्रिया दिनुहोस्