एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक आज पनि, निष्कर्षमा पुग्ने नेताहरुको ठोकुवा

काठमाडौं । पार्टी एकतालाई अन्तिम रुप दिन एमाले र माओवादीका केन्द्रका शीर्ष नेताहरुको बैठक शुक्रबार पनि बस्दैछ ।

बिहीबार बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिलगायतका कार्यक्रमका कारण बैठक बस्न नसकेका हो ।

बैठक बस्ने समय र स्थान निश्चित भने निश्चित भइसकेको छैन । तर, नेताहरुले आजको बैठकबाट पार्टी एकतालाई अन्तिम रुपमा र्पुयाइने जानकार दिएका छन् ।

माओवादी केन्द्रका नतो टोप बहादुर रायमाझीले आजको बैठकलाई निर्णायक बनाउने तयारी भएको बताए ।

यसैगरी एमाले नेता प्रतिप ज्ञावलीका अनुसार आज पार्टी एकताको विषयमा ठोस निर्णय हुनसक्ने छ ।

एमाले माओवादीबीच एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा मिल्न बाँकी छ । । यी विषयमा कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने अडान माओवादीले लिएको छ ।

जनताको बहुदलीय जनवाद ९जबज० र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुंगो लगाउने पूर्वसहमति दुई दलका नेताबीच सहमती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्