अमलाको जुस खानुका यस्ता छन् ८ फाइदाहरु, स्वास्थ्यको लागि हो बरदान
काठमाडौं , फागुन २१ । तपाई अमला कतिको खानु हुन्छ ? अमलालाई पोशाक तत्वको राजा मान्ने गरिन्छ । अमलामा ति सबै जरूरी मिनिरल्स र भिटामिन पाइन्छ जुनले शरीरलाई स्वस्थ्य मात्र नराखी कयौं तरिकाको रोगबाट पनि बचाउने काम गर्छ ।
अमलालाई डाइटको रुपमा कयौं तरिकाले समावेश गर्न सकिन्छ । तपाई अमलालाई काचै पनि खान सक्नुहुन्छ, यसको जूस पिउन सक्नुहुन्छ वा अचार वा जाम बनाएर पनि खान सकिन्छ । अमलाले तपाईलाई फाइदा पुर्याउँछ । आज हामी अमलाको पुस खानाले के कस्तो फाइदा पुग्छ भन्ने विषयमा भन्न गइरहेका छौं । ध्यान दिएर पढ्नु होला ।
१) भरपूर भिटामिन – अमलामा प्रयाप्त मात्रामा भिटामिन सि पाइन्छ, जसले प्रतिरक्षा र मेटाबलिज्म बढाउने काम गर्छ । अमलाले रुघाखोकी, कफ जम्नेको अलावा शरीरमा भाइरल र ब्याक्टेरियल इन्फेक्शन फैलाउन दिदैन । अमलामा यस्तो तत्व पनि पाइन्छ जुन क्यान्सर सेल्सबाट लड्न काम गर्छ । आयुर्वेदका अनुसार, अमलाको जूसले शरीरका सबै प्रक्रियालाई सन्तुलित गर्दछ ।
२) मुखको छालामा उपयोगी – स्वास्थ्य विज्ञका अनुसार, अमलाको रस सेवनले रुघा-खोकीको साथै मुखको छालाको लागि पनि निकै फाइदादायक हुन्छ । अमलालाई एक महत्वपूर्ण घरेलू उपायको तरिकाले प्रयोग गर्न सकिन्छ । दुई चम्चा अमलाको जुसमा दुई चम्चा मह मिलाएर दैनिक पिउनाले सर्दी र खोकी निको पार्नमा मद्दत मिल्छ । मुख भीत्रको घाउको समस्याबाट छुटकारा पाउनको लागि अमलाको जुस पानीमा घोलेर पिउदा तथा कुल्ला गर्दा फाइदाजनक हुन्छ ।
३) कोलेस्ट्रोलको स्तर सही हुन्छ – अमलाले कोलेस्ट्रोललाई सहि राख्छ । नियमित रूपमा अमलाको जुस पिउनाले कोलेस्ट्रोलको स्तर कम हुन्छ र शरीर स्वस्थ रहन्छ । यसमा पाइने एमिनो एसिड र एन्टीअक्सिडेन्टको कारणले मुटुले राम्ररी काम गर्छ ।
४) अस्थमा सही राख्छ – अमला स्वासप्रस्वासको रोगिहरुको लागि फाइदाजनक हुन्छ । अस्थमालाई सही राख्न डाईबिटीजलाई पनि कन्ट्रोल गर्दछ । अमलाको सेवनले पाचनप्रणालीलाई पनि राम्रो बनाउदछ ।
५) मृगौला स्वस्थ राख्छ – अमलाले मृगौलालाई सुरक्षित राख्दछ । अमलामा मृगौलालाई सुरक्षित राख्ने सबै तत्व पाइन्छ । यसले शरीरबाट सबै विषाक्त पदार्थलाई बाहर निकाल्दछ ।
६) न्युट्रेसन ड्रिंककोरुपमा सेवन गर्न सकिन्छ – भिटामिन सीको अलावा अमलामा आईरन, क्याल्शियम र फोस्फोरस पनि काफी मात्रामा पाइन्छ र यसलाई एक न्युट्रेसन ड्रिंक पनि पाइन्छ ।
७) कपाललाई पुर्याउँछ फाइदा – अमलाले कपाललाई पनि फाइदा पुर्याउँछ । हाम्रो कपालको संरचनालाई राम्रो बनाउन ९९ प्रतिशत प्रोटीनको योगदान हुन्छ । अम्लामा पाइने एमीनो एसिड र प्रोटीनले कपाल बढ्न मद्धत गर्छ, साथै कपाल झर्न पनि मद्धत दिन्छ ।
८) अमलाबाट गर्नुहोस स्किन ट्रीटमेन्ट – अनुहारमा भएको दाग-धब्वा हटाउन अमलाको सहयोग लिन सकिन्छ । अमलाको जुस पिउनाले स्किन ट्रीटमेन्टको काम गर्छ । अमलाको रस रूई (कपास) मा भिजाएर लगाउँदा अनुहारको दाग-धब्बा हट्छ र अनुहारमा चमकता बढाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्