महागढीमाई नगरपालिकामा प्रमुख तथा उपप्रमुख नै नेपाली काँग्रेसका विजयी

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा महागढीमाई नगरपालिकामा प्रमुख तथा उपप्रमुख नै नेपाली काँग्रेसका विजयी भएका छन् ।
आयोगका अनुसार काँग्रेसका उपन यादव ५ हजार ७६५ मत ल्याई विजयी भएका छन, भने उनका निकटतम प्रतिद्वन्द्वी संंघीय समाजवादी फोरम नेपालका शरदाशङ्कर जैसवालले ५ हजार २७५ मत ल्याएका छन् ।
उपप्रमुखमा काँग्रेसकी तारादेवी गुप्ता ५ हजार ३७५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी उमाराउतीदेवी बरैइले ४ हजार ५२२ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्