प्रदेश २ र ५ को मुख्यमन्त्री सपथ ग्रहण आज

काठमाडौं । प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा नियुक्त भएका लालबाबु राउतले आज सपथ ग्रहण गर्नु भएका छन् । प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतको सपथका लागि आज मध्यान्ह १२ बजे समय तय भएको छ । मुख्यमन्त्री राउतको सपथ ग्रहण जनकपुर चुरोट कारखानाको फुटबल मैदानमा गर्ने तयारी भएको छ ।

मुख्यमन्त्रीको शपथसँगै आज नै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी भएको छ । मुख्यमन्त्रीको शपथलगत्तै फोरम र राजपाले संयुक्त मन्त्रीहरुको सिफारिस गर्नेछन् । मन्त्रीहरुको टुङगो लगाउन दुबै पार्टीको आन्तरिक बैठक बिहानैदेखि सुरुभएको छ ।

सरकार निर्माणका लागि आवश्यक ५४ जनाको समर्थन राउतलाई छ । यसैबीच– प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता शंकर पोख्रेलले आज सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

मुख्यमन्त्रीको सपथग्रहणको कार्यक्तम सडक डिभिजन कार्यालय परिसरमा हुने प्रदेश प्रमुखको कार्यालय सचिव सनदकुमार दवाडीले बताए ।

मुख्यमन्त्रीमा नियुक्ति भएलगत्तै पोखरेलले आजै ३ सदस्यीय मन्त्रिमण्डल गठन तयारी गरेका छन् । मन्त्रिमण्डलमा एमालेबाट नवलपरासीका बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसीको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्