जनकपुर उपमहानगरपालिकामा राजपा विजयी

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा जनकपुर उपमहानगरपालिकाको मेयर तथा उपमेयरमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।

राजपाका मेयरका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ र उपप्रमुखमा रीता झा १७ हजार १४७ मत ल्याई विजयी भएका छन् ।
उपमहानगरपालिकामा रहेका २५ वडामध्ये राजपाले १२ वटा वडा, काँग्रेसले ७ वडा, संघीय समाजावादी फोरम नेपालले ३, नेकपा एमालेले २ र स्वतन्त्र उम्मेदवार एक वडामा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्