सप्तरीको राजविराज नगरपालिकाको मतगणना पुनःशुरु

काठमाडौं । दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज अपराह्नदेखि पुनः शुरु भएको छ ।

निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको स्रोतले जानकारी दिएको छ ।

शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्