पार्टी एकतापछि आलोपालो सरकारको नेतृत्व, ओली ३ र प्रचण्ड २ वर्ष प्रधानमन्त्री हुने सहमति

काठमाडौं । एमाले र माओवादीबीचको पार्टी एकतामा सरकार आलोपालो नेतृत्व गर्ने र पार्टीमा ओलीर प्रचण्डको संयुक्त नेतृत्व हुने गरि सहमति जुटेको छ ।
एमाले र माओवादीबीच पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठकले यस्तो सहमती गरेको हो ।
त्यसअघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा(छुट्टै बैठक बसेको थियो र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ताहरुमा आफूहरुबीच भएको सहमति जानकारी गराएका थिए ।

दुबै दलका नेताहरुले बताए अनुसार एकतापछि पार्टीमा प्रचण्ड र ओलीको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् ।

नेताहरुलाई ब्रिफिङ गर्दा ओलीले द्विवै अध्यक्षमा सहमति नजिक रहेको बताएका छन् भने प्रचण्डले सहअध्यक्ष भनेका छन् ।

द्वी(अध्यक्ष कि सहअध्यक्ष भन्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने छ । एक नेताले भने, ‘दुबै नेताले आफूहरुलाई सहज हुने गरी प्रस्ताव ल्याउने कुरा भएको छ ।’

आलोपालो प्रधानमन्त्री

यस अघि आलोपालो सरकार र द्वय अध्यक्ष मण्डलमा भद्र सशमती भईसकेको माओवादी नेताहरुले दाबी गर्दै आएका थिए भने एमालेले अस्वीकार गरेका थिए । यद्यपि वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रुपमा नै आलोपालो प्रधानमन्त्रीको सहमति भएको बताए ।

एमाले अध्यक्ष ओली सुरुमा प्रधानमन्त्री हुनेछन् र उनको कार्यकाल तीन वर्ष हुनेछ । बाँकी दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री हुने एमालेको प्रस्ताव रहेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्