उत्तर कोरियाले परिक्षण गर्यो आणविक बम

सोल, भदौ १९ । उत्तर कोरियाले आइतबार गरेको आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले संसदमा जानकारी दिएको छ ।

उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि दिइएको थियो ।

उक्त आणविक तत्व अमेरिकाले सन् १९४५ मा हिरोसी ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।

उत्तर कोरियाले आइतबार हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको थियो । यस हाइड्रोजन बम सफल परीक्षण गरेको समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्