इजरायलले गाजामा आक्रमण गर्दा २२ जनाको मृत्यु

काठमाडौं,३० मंसिर । इजरायलले गाजामा गरेको हवाई हमलामा कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सेज र हमासका दुवैले यसको पुष्टि गरेका छन् ।

दीर अल बलाह शहरका मेयरसहितका व्यक्तिहरु छन् । यो शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, एक स्कुलमा महिला र शिशुसहित सात जनाको मृत्यु भएको छ । इजरायलका अनुसार त्यो स्कुललाई हमासले आफ्नो आधार इलाकाको रुपमा प्रयोग गर्दै आएको थियो । त्यसैले त्यहाँ आक्रमण गरेको इजरायली सेनाको दाबी छ । तर इजरायलको त्यस्तो दाबीलाई लिएर हमासले खण्डन गर्दै आएको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले गाजा क्षेत्रमा युद्धविराम सम्झौता हुने विश्वास व्यक्त गरिरहेका बेला इजरायलको यो पछिल्लो आक्रमण भएको हो ।

गत वर्ष अक्टुबरमा हमासले इजरायलमा आक्रमण धेरै विदेसी सहित १ हजार २०० जना इजरायलीको मृत्यु भएको थियो । त्यसपछि इजरायलले हमासलाई समाप्त गर्ने भन्दै युद्ध घोषणा गरेको थियो । त्यसयता इजरायलले गरेको आक्रमणमा ४४ हजारभन्दा धेरैको मृत्यु भएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्