अमेरिकी राष्ट्रपति बाइडेन र डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
काठमाडौं,२९ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि निर्वाचित भएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि ह्वाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेन र आगामी फेब्रुअरी २० मा अमेरिकी नेतृत्वमा पुनरागमन गर्न लागेका नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच ओभल अफिसमा न्यानो आगोको अघि हात मिलाउँदै भेटवार्ता शुरु भएको थियो । सो क्रममा दुई नेताले हात मिलाउँदा बाइडेनले तलतिर हेरेका थिए भने भने ट्रम्पले अघि झुकेर बाइडेनको आँखामा नियालेका थिए ।
ट्रम्पले सन् २०२० मा बाइडेनसँग आफ्नो हारलाई मान्यता दिन अस्वीकार गरेपछि तोडेको परम्परालाई पुनः स्थापित गर्दै बाइडेनले स्वागत गरेका थिए । गत जुलाईमा चुनावबाट बाहिरिएका तर गत साता कमला ह्यारिस ट्रम्पसँग पराजित भएको देखेका ८१ वर्षीय बाइडेनले ७८ वर्षीय ट्रम्प लोकतन्त्रका लागि खतरा भएको संज्ञा पटक–पटक दिएका थिए तर भेटमा मिठो स्वरमा शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता भने जनाएका थिए ।
चार वर्षअघि ट्रम्पले राष्ट्रपति निर्वाचित बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने तथा बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोडेका थिए ।
बाइडेनसँगको निर्वाचनमा ट्रम्पले हार अस्वीकार गरेपछि सन् २०२१ मा अमेरिकी संसद भवनमा उनका समर्थकले आक्रमण गरेका थिए ।
अमेरिकी परम्परालाई डेमोक्रेटिक वर्तमान राष्ट्रपति जो बाइडेनले निरन्तरता दिए । निर्वाचनमा हारजित हुन्छ तर हाम्रो सुन्दर परम्परालाई छोड्नु हुदैन भन्नेमा बाइडेन अडिग रहे ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्