फोरमले ६ समानुपातिक सांसद छान्यो

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ ।

फोरमबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगै सरिता गिरी र रेणु यादव सांसद बन्ने भएका छन् । यस्तै कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजको नाम सिफारिस भएको छ ।

प्रत्यक्षतर्फ १० सिट जितेको फोरमले समानुपातिकतर्फ ६ सिट पाएको थियो, जसमा ५ महिला अनिवार्य थियो ।

प्रतिक्रिया दिनुहोस्