सम्झनामा अतीत
लोकराज भट्ट, सम्झनामा अतीत
त्यो बेला हामी सँगै हिड्दा
बनाउन जान्दैन्थ्यौं जीवनका योजनाहरु
संगत, म बाट टाढिएपछि
जब अर्कैसँग ग¥यौ
तिमीले योजना बनाउन सिक्यौ
मैले कैहिल्यै जानिन
आफ्ना लागि योजनाहरु बनाउन
तिमीलाई नदेखेको दिन
प्यारो लाग्थ्यो तिमी सँगको याद
देखिहालेछु भने
जीवनको आलीमा
लटरम्मै फलाउथें सपना,
सपनाको गराबाट टिपेका चाहनाका फूलहरुले
सजाउथें हृदयको फाँटमा
हासौला भनेर
तर प्यारा मान्छेहरु रुवाउँदा रहेछन्
साथ दिउँला भन्ने आशयमा
सारा उमेर रित्तिन लगाएर
अर्कै सँग सम्झौता गरेपछि
बद्यिलएको छ जिन्दगीको अर्र्थ
भएको गुमाएर नभएको पाउन
भ्याइरहेको छैन् मेरो तागतले
अब त अर्कैको हुने पक्का भैसकेछौ
जानु भन्दा अघि
बिन्ती गर्छु तिमी सँग
बाँकी रहेको प्रेम टट्किन देउ
मैलिएको छु उजालिन देउ
उजालिएछु भने, टट्किएछु भने
निझर्को भएर जानु
हिजो जिन्दगीका योजनाहरु थिएनन्
तिम्रो चिन्ता लाग्थ्यो
आज तिमी छैनौ
लाग्दैछ जिन्दगीको चिन्ता
सम्झनाका सफरहरुमा
ओल्टाइ पल्टाइ गरिरहन्छु
तिमीले छाडेर गएको अतीत
याद भन्दा धेरै घाउहरु बल्झिन्छन्
चाहना हुँदाहुँदै पनि आफुसँग छैन भने
सारै सताउदो रहेछ नभएको चिजले ।
प्रतिक्रिया दिनुहोस्