संविधान सबैले स्वीकारीसके : अध्यक्ष ओली

काठमाण्डौ । एमालेका अध्यक्ष केपीशर्मा ओलीले संविधानालाई सबैले स्विकार गरि सेकेको बताउनु भएको छ । संविधान सभाले संविधान जारी गर्दाको समय केही विमतिहरु भएपनि अबत्यस्तो अवस्था नरहेको ओलीले बताउनुभयो ।

आज नेपाल व्यवस्थापन संघ (म्यान)को ३७औं साधारण सभालाई उद्ध्घाटन गर्दै अध्यक्ष ओलीले संविधानले तयार गरेको संरचनाका आधारमा निर्वाचनमा सहभागीहुने, तीन वटै निकायको निर्वाचन सम्पन्न भएको अवस्थामा अब संविधान सबैले स्वीकार गरेका बताउनु भयो ।

उहाँले भन्नुभयो ‘संविधानलाई अब सबैले सहजताकासाथ लिएका छन्
हालै सम्पन्नप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यतिर पुगको छ । नेपालको राजनीतिक संक्रमणकाल लगभग टुंगियो । त्यसैले अबविकास र समृद्धिको बाटोमाहामी अगाडी जान्छौं ।’विकास र समृद्धिका निम्ती स्थायीत्व र स्थीरता आवश्यक पर्ने भएकोले जनताको यो अपेक्षालाई पुरा गर्न आफुहरु प्रतिवद्ध रहेको ओलीको कथन छ । ‘हामी उत्पादन र उत्पादकत्व वितरणमा मात्र ध्यान दिदैनौ यसको समुचित वितरणमा समेत चनाखो रहन्छौं’ ओलीले भन्नुभयो ।
संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा हासिल हुने गरी राखेका १७ वटा दिगो विकास लक्ष्यलाई पुरा गर्न नेपालले द्रुतत्तर गतिमा दिगो विकास लक्ष्य राख्नु पर्ने ओलीको सुझाव छ । यो लक्ष्य हासिल गर्न गरिबी मुख्य चुनौति रहेको ओलीको भनाइ छ । ‘आजको दुंनियाको मुख्य चुनौति भनेको गरिबी निवारण भएकोले त्यसको निवारणतर्फ जानु आवश्यक छ ’ ओलीको भनाइ छ ।
नेपालमा स्रोत र साधनको अभाव नभएपनि त्यसको उचित व्यवस्थपन नहँदा नेपाली गरिब हुनु परेको बताउनु भएको छ । समृद्धिका लागि सामाजिक ,आर्थिक ,राजनैतिक व्यवस्थापन आवश्यक भएको बताउदै ओलीले भन्नुभयो ‘नेपाल गरिब हुनै नसक्ने तर व्यवस्थापनको अभावले गरिबी भोगिरहेको छ । तर अब व्यवस्थापनको अभावमा कुनै पनि कुरा अपुरो हुदैन ।’आफूले लोकतन्त्र, कानुनी शासन, शुसासन र आवधिक निर्वाचन जस्ता कुरामा कहिल्यै सम्झौता नगर्ने ओलीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्