पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

काठमाडौं । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी हासिल गरेको छ ।

आयोगका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी २ हजार ७७५ मत र उपाध्यक्ष पदमा राजपाकै ननुकुमारी दास २ हजार ५७३ मत ल्याई विजयी भएका हुन् ।

चौधरीका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदमा नेकपा एमालेका विक्रम चौधरीले १ हजार ८७३ र उपाध्यक्ष पदमा रेखा देवी दासले २ हजार १७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्