एमाले स्थायी कमिटि बैठक अाज बस्दै, यी हुन् एजेण्डा !

काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी एकताको बिफ्रिङ लगायत समसामयिक विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी ओलीले आज विहान ११ वजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक वोलाउनु भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

हिजो भक्तपुरको बालकोटस्थित ओली निवासमा वस्ने गरि वोलाइएको वैठक अन्तिम समयमा स्थगित भएको थियो । विशेष कारणले हिजोको वस्ने भनिएको बैठक आजको लागि सारिएको एमालेले जनाएको छ । बैठकमा पार्टी अध्यक्षले माओवादीसँग भइरहेको एकता प्रक्रियामा हालसम्म भएको प्रगतिबारे बिफ्रिङ गर्ने कार्यसूची रहेको छ । आज वस्ने वैठकले समानुपातिक सांसदको अन्तिम टुङगो समेत लगाउने वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्