विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक
काठमाडौं , पुस ७ । विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्। हालै एकिकृत भएको पार्टीमा उनलाई नियुक्त गरिएको हो ।
गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्।
विवेकशील साझा पार्टीमार्फत् राजनीतिमा सकृय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए।















प्रतिक्रिया दिनुहोस्