प्रदेशसभाको उपसभामुखमा काँग्रेुसको दावी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभासँगै प्रदेशसभाको उपसभामुख आफूले पाउनु पर्ने दाबी गरेको छ ।
एमालृे र माआृेवादी केन्द्रबिच पार्टी एकिकरण हुने सम्भावनालाई लिएर कांग्रेस नेताहरु भने आफ्नो दललाई वाम गठबन्धनले उपसभामुख अफर गर्नु पर्ने बताउँछन् ।

‘संसदीय प्रक्रियामा उपसभामुख दोस्रो दलले लिनु स्वभाविक हो’ नेता बालकृष्ण खाँडले भने, ‘उहाँहरुले त पार्टी एकता गर्ने पनि भन्नु भएको छ । सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुने प्रचयन पनि सुर गरेका छौं ।’

उनले अघि भने, ‘उपसभामुखमा हामीले दाबी गर्ने होइन, उहाँहरुले अफर नै गर्नु पर्ने हो ।’

प्रदेश ३ का विपक्षी दलका नेता इन्द्र बानियाँले पनि उपसभामुख आफूहरुले पाउनु पर्ने बताए । सभामुख सबैको साझा हुनुपर्छ भनेर नै आफूले उम्मेदवारी नदिएको भन्दै उनले वाम गठबन्धनले उपसभामुख छाड्नु पर्ने बताए ।

वाम गठबन्धनले भने प्रदेशका मुख्यमन्त्रीसँगै सभामुख र उपसभामुख पदको बाँडफाँट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्