२९ गते सरकारविरुद्ध प्रर्दशन गर्ने तयारीमा कांग्रेस, सडकमा आउन कार्यकर्तालाई आह्वान
काठमाडौं , मंसिर २५ । प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध प्रर्दशन गर्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने तयारी कांग्रेसको छ ।
सरकारले अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको र त्यही क्रममा पौडेलमाथि धरपडक भएको भन्दै कांग्रेसले २९ मंसिरको प्रदर्शनमा यसलाई पनि मुद्दा बनाएको छ । प्रर्दशनका लागि सडकमा आउन आफ्ना कार्यकर्तालाई आह्वान समेत गरेको छ ।
कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्