पार्टी एकतापछि मिश्रले भने- वैकल्पिक होइन अब निर्विकल्प पार्टी बनाउँछौं
काठमाडौं , मंसिर २४ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अब वैकल्पिक होइन निर्विकल्प पार्टी बनाउने घोषणा गरेका छन् । विवेकशील र साझा पार्टीबीच एकता घोषणा गर्दैै अध्यक्ष मिश्रले यस्तो बताएका हुन् ।
उनले देशको समृद्धि र सुशासनलाई प्रमुख मुद्दा बनाउने बताउँदै अबको राजनीति बादमा नअल्झने भन्दै नेतृत्वमा जाने व्यक्ति भ्रष्ट भएसम्म कुनै पनि देशमा कुनै वादले काम नगर्ने बताए । पार्टीले वैकल्पिक पार्टीका रुपमा उदाएको चर्चा गर्दै मिश्रले सुशासन र समृद्धिलाई आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाउने बताए ।
उनले लोकतन्त्रलाई बलियोसँग संरक्षित गर्ने र त्यसका लागि प्रगतिशील लोकतन्त्र अभ्यास गर्न विवेकशील र साझा पार्टी जन्मिएको मिश्रले बताए । उनले आफ्नो पार्टी राजा ल्याउन वा फाल्न, संघीयता ल्याउन वा फाल्न गठन नभएको पनि प्रष्ट पारे । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर साझा र विवेकशील पार्टीले एकता घोषणा गरेका हुन् ।















प्रतिक्रिया दिनुहोस्