ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ : जनार्दन शर्मा

काठमाडौं , मंसिर १६ । नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नेता शर्माले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै हो भने आज बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

एक टेलिभिजन कार्यक्रमलाई दिएको अन्तरवार्तामा शर्माले भने( ‘म यत्ति कुरा भन्न चाहन्छु कि सम्माननीय प्रधानमन्त्रीज्यूले मंगलबारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएर अर्को पात्र को व्यक्ति हो, त्यो अगाडि ल्याउनुहुनेछ, अनि मात्रै पार्टी नयाँ पुस्तामा जानेछ ।’

अध्यक्ष ओलीले सचिवालयमा पेस गरेको जवाफी प्रतिवेदनमा उल्लेख ९नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने० कुरा कार्यान्वयन गर्ने हो भने पहिले आफूले दुवै पद छाडेर देखाउनुपर्ने पूर्वमन्त्रीसमेत रहेका शर्माको तर्क छ । प्रधानमन्त्रीले अघि सारेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्वागत गर्दै त्यसो गरे आफुहरुको पूर्ण समर्थन रहने पनि उनले बताए ।

नेता शर्माले जिम्मेवारीको हैसियतले पार्टी र सरकार सञ्चालनमा भएका कमी कमजोरीको दायित्व पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै बढी लिनुपर्ने जिकिर गरे । यता पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा देखिएको शक्ति संघर्ष थप उत्कर्षमा पुगेको छ । दुवै अध्यक्षले सचिवालय बैठकमा एकपछि अर्को प्रतिवेदन पेस गरेसँगै विवाद थप उत्कर्षमा पुगेको हो भने अध्यक्षद्वय ओली र प्रचण्डको दूरी पनि झन्(झन् बढिरहेको छ ।

यहिबीच आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अधयक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्