‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’: प्रधानमन्त्री बालेन
काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले देशको हित र राजनीतिक दलको स्वार्थबीच फरक रहेको टिप्पणी गरेका छन्।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले देश जोगाउने र पार्टी जोगाउने विषयलाई फरक रूपमा बुझ्नुपर्ने बताएका हुन्।
उनले राजनीतिक दलका कार्यकर्ता संघर्षमा उत्रिने तर नेताहरू त्यसबाट अलग रहेर बस्ने प्रवृत्तिप्रति संकेत गर्दै नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका छन्।
‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्,’ उनले लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् १’
प्रधानमन्त्री शाहले देशको संरक्षण र राजनीतिक पार्टीको स्वार्थ संरक्षणबीचको अन्तरलाई जोड दिँदै लेखेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’
प्रधानमन्त्रीको यो अभिव्यक्तिले राजनीतिक नेतृत्वको जिम्मेवारी, दलगत स्वार्थ र राष्ट्रिय हितबीचको सम्बन्धबारे बहसलाई थप चासोको विषय बनाएको छ।






















प्रतिक्रिया दिनुहोस्