राष्ट्रपतिमा एउटै व्यक्ति दोहोरिनु हुन्न : झलनाथ खनाल

काठमाडौं– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति जस्ता ठूल्ठूला जिम्मेवारी दोहो¥याएर दिन नहुने धारणा पनि राखेका छन् ।

राष्ट्रपति विद्या भण्डारीलाई नै दोहो¥याउँने चर्चा भईरहँदा खनाल त्यसको विपक्षमा उभिएका हुन् ।

इरानमा आयोजित आईक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफू पदको लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको पनि स्पष्ट पारे । तर, वरिष्ठ नेता खनालले पार्टीले मूल्यांकन गरेर दिएको जुनसुकै जिम्मेवारी पूरा गर्न आफू प्रतिवद्ध रहेको पनि दोहो¥याए ।

फरक प्रशंगमा वरिष्ठ नेता खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुग्ने दावी समेत गरे ।

‘विचार र संगठनात्मक समस्या समाधान गर्न २ पार्टीबीच छलफल भईरहेको छ, पार्टी एकता छिटटै टुङ्गिन्छ’ खनालले भने ।

वरिष्ठ नेता खनालले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई स्वभाविकै रुपमा लिनुपर्ने धारणा पनि राखे ।

प्रतिक्रिया दिनुहोस्