अलमलमा कम्युनिष्ट एकता

काठमाडाैँ – प्रदेश तथा प्रतिनिधिसभको निर्वाचन अघिनै पार्टि एकताको घोषणा गरि निर्वाचनमा होमिएका नेकपा एमाले र माओवादी केन्द्र विचको एकता प्रकृयाले गति लिन सकेको छैन ।

दुई फरक विचार बोकेका पार्टी एक हुने विषय जटिल नै भएकाले पनि प्रक्रिया लम्बिएको नेताहरूले वताएका छन । तर एकता घोषणाको लामो समय भैसक्दापनि एकता प्रकृयामा खासै ठोस उपलव्धि हुन सकेको देखिदैन भने एउटै पार्टी वनाउने निर्णय गरेका पार्टीमा समेत निर्वाचनमा कस्ले कति प्रतिशत पाउने भन्नेमा मात्र केन्द्रित हुन पुगेको छ । राष्ट्रिय सभा निर्वाचन सम्म आइपुग्दा दुइ पार्टीमा ७० र ३० प्रतिशतको भागवण्डामै सिमित वन्न पुगेको छ ।

दुवै पार्टी नयाँ सरकार गठन, प्रदेश मुख्यमन्त्री र सभामुख लगाएतमा कस्लाई पठाउने भन्ने विषयमै केन्द्रित देखिएका छन । दुवै दलका शिर्ष नेताहरुविच पार्टी एकिकरण विषयकेन्द्रित छलफल हुन सकेको देखिदैन भने, एकताका लागी दुवै पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको वैठक समेत लामै समयसम्म वस्न सकेको छैन ।

राष्ट्रियसभा निर्वाचन तथा सरकार गठनका विषयमा दुवै पार्टी अहिले केन्द्रित भएकाले पनि एकताले चाहेजस्तो गति नलिएको नेताहरुले वताउने गरेका छन ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष ओलीलाइ दिने, दाहाललाई सहअध्यक्ष दिने एमालेको सुरुको प्रस्ताव थियो । माओवादीले त्यस्तो प्रस्ताव अस्वीकार गरेको छ । पछिल्लो पटकका छलफलमा एमाले अलिक लचिलो बन्दै दुई अध्यक्ष प्रणालीमा जाने सम्मको प्रस्ताव गरेको थियो तर त्यसमा समेत सहमति वन्न सकेको छैन ।

एकिकरण पछि पार्टीको नेतृत्व, सरकारको नेतृत्व, दोस्रो तहका नेताहरुको व्यवस्थापन लगाएतका मुद्या एकिकरणमा पेचिला विषय वनेका छन ।

प्रतिक्रिया दिनुहोस्