ओली-प्रचण्डबीच भेटवार्ता जारी , मन्त्री चयन गर्न सकस

काठमाडौं , असोज २४। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच आज पनि भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।

भेटवार्तामा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागि छन् ।यसअघि दुई अध्यक्षबीच भएको भेटवर्तामा छलफल गर्दै जाने र एकताका बाँकी काम सक्ने सन्दर्भमा ठोस निष्कर्षमा पुग्ने समझदारी अनुरुप आज छलफल भएको हो ।

गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो । त्यस्तै भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो ।

तर, अध्यक्षद्वयले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेका छैनन् । मन्त्रिमण्डलको समग्र पुनर्गठन गर्ने वा रिक्त रहेका तीन मन्त्रालयमा मात्र तत्काल मन्त्री नियुक्त गर्ने भन्ने विषय पटक पटकको कुराकानीपछि टुंग्याएका नेकपाका दुई अध्यक्षलाई फेरि मन्त्री चयन गर्न सकस भएको छ।

असोज मसान्तभित्र पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउनेबारे पनि दुई अध्यक्ष र महासचिवले तयारी गरिरहेका छन्।नेकपाका तीन आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुंगो लगाउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्