एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु

काठमाडौं । नेकपा एमालेको आठौँ केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु भएको छ ।

बिहान ११ः०० बजे पार्टी मुख्यालय धूम्बाराहीमा बैठक शुरु भएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

तीन दिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने स्रोतले जानकारी दियो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ । उनले बैठक केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्