एकाएक यसरी भाँडियो वाम गठबन्धन र मधेसी दलबीचको सहमति

काठमाडाैँ– वाम गठबन्धन र मधेसकेन्द्रित दलबीच नजिकिँदै गएको दूरी ‘सैद्धान्तिक सहमति’पछि अविश्वासमा परिणत भएको छ । दुवै पक्षबीच संविधान संशोधन गर्ने सैद्धान्तिक सहमतिपछि लिखित सहमतिपत्रमा हस्ताक्षर हुनै लाग्दा भाँडिएकाले पछिल्लोपटक नजिकिँदै गएको दूरी अविश्वासमा परिणत भएको हो ।

गठबन्धनका तर्फबाट एमाले र माओवादी केन्द्रका नेताहरू र संघीय समाजवादी फोरम र राजपाका नेताहरूबीच माघको पहिलो साता निर्णायक छलफल भएको थियो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा तालमेल गर्ने, संविधान संशोधन गर्ने र गठबन्धन सरकार बनाउने गरी भएको छलफल कुन विषयमा संविधान संशोधन गर्ने भन्ने निष्कर्षमा नपुग्दा भाँडिएको हो ।

वार्ता भाँडिएलगत्तै मधेसकेन्द्रित दलले कांग्रेससँग तालमेल गरेर प्रदेश २ मा उम्मेदवार उठाउने समझदारी गरेका थिए । एमालेबाट वाम कार्यदलका नेता सुवास नेम्बाङ, रामबहादुर थापा बादल, नेता अग्नि खरेलसहित कार्यदलका सदस्यहरू तथा मधेसकेन्द्रित दलबाट महन्थ ठाकुरलगायतका नेता छलफलमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्