कोरोना कोषमा ८ वटा बैंक तथा वित्तीय संस्थाले गरे थप सहयोग, कसले कति दिए ?
काठमाडौं , साउन ३२ । विश्वभर फैलीएको कोरोनाले देशको अर्थतन्त्रमा निकै ठुलो असर परेको छ । विश्वभर फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले पनि देशव्यापी रुपमा चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो । लकडाउनसँगै देशको अर्थतन्त्रमा पनि असर परेको छ । अर्थतन्त्रमा मात्रै होइन अन्य क्षेत्रमा पनि यसको प्रभाव कायमै रहेको छ ।
कोराना महामारीका कारण देशमा लकडाउन लाग्यो यसले पनि लकडाउनले बैङ्कलाई नराम्ररी प्रभावित बनाएको छ । कोरोना प्रकोप मा अरु क्षेत्र बन्द रहेपनि बैंकहरुले भने निरन्तर सेवा दिरहेका थिए। यसैबीच आज मात्रै बैङ्कहरुको नाफा घटेको वित्तीय विवरण अधिकांश बैङ्कले प्रकाशित गरेका छन् ।
यसैबीच बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष ९२०७६.७७० मा सामाजिक उत्तरदायित्वमा खर्च हुन नसकेको रकम धमाधम कोरोना कोषमा जम्मा गरिरहेका छन् । कोरोनाको बेला पनि बैंकहरुले सहयोग गरिरहेका हुन् । यसअघि नै विभिन्न बैंकले कोषमा सहयोग गरिसकेकोमा सामाजिक उत्तरदायित्व शीर्षकमा खर्च हुन नसकेको थप रकम सहयोग गरेका हुन् ।
आज मात्रै कोरोना कोषमा राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नबिल बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरेका छन् । सो रकम उनीहरुले अर्थमन्त्री डा। युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंकले २ करोड ६९ लाख ९३ हजार १ सय ४५ रुपैयाँ , कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार, नविल बैंकले ६ करोड रुपैया र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ४६ लाख ५८ हजार रुपैयाँ कोरोना कोषमा जम्मा गरेको छ ।यसअघि प्रभु बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र सनराइज बैंकले कोरोना कोषमा रकम जम्मा गरिसकेका छन् ।
मौद्रिक नीति, २०७७÷७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६÷७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप बैंकले सो रकम सहयोग गरेको हो ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको लागि अर्थमन्त्री डा। यूवराज खतिवडालाई बैंक तथा वित्तिय संस्थाहरुले सो रकम हस्तान्तरण गरेका हुन् । अर्थमन्त्री डा। खतिवडाले सरकारले जारी गरेको निर्देशन पालनालाई पहिलो प्राथमिकतामा राख्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे । कोरोना असरले बैंकको नाफामा पनि गिरावट ल्याएको देखिएको छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये केहीले नाफा बढाए पनि अधिकांशको नाफा भने घटेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्