सुन र चाँदी दुबैको मूल्य घट्यो
काठमाडौं, मंसिर १७ । आज (बिहिबार) नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात बुधबार, यस्तो सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार तोलाको ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्