कोरोना प्रभाव : बैंकहरुको नाफा घट्यो, कुन बैङ्क कति प्रभावित ?

काठमाडौं , साउन ३० । विश्वभर फैलीएको कोरोनाले देशको अर्थतन्त्रमा निकै ठुलो असर परेको छ । विश्वभर फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले पनि देशव्यापी रुपमा चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो । लकडाउनसँगै देशको अर्थतन्त्रमा पनि असर परेको छ । अर्थतन्त्रमा मात्रै होइन अन्य क्षेत्रमा पनि यसको प्रभाव कायमै रहेको छ ।

कोराना महामारीका कारण देशमा लकडाउन लाग्यो यसले पनि लकडाउनले बैङ्कलाई नराम्ररी प्रभावित बनाएको छ । कोरोना प्रकोप मा अरु क्षेत्र बन्द रहेपनि बैंकहरुले भने निरन्तर सेवा दिरहेका थिए। यसैबीच आज मात्रै बैङ्कहरुको नाफा घटेको वित्तीय विवरण अधिकांश बैङ्कले प्रकाशित गरेका छन् । यद्यपि बैंकमा कोरोनाको प्रभाव भने नदेखिएको भने होइन । यसकै कारण गत आर्थिक वर्ष २०७६र०७७ मा अघिकांश वाणिज्य बैंकहरुको नाफा घटेको छ ।

कोरोनाको असरले कुन बैङ्क कति प्रभावित बने त ? कोरोना असरले बैंकको नाफामा पनि गिरावट ल्याएको देखिएको छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये केहीले नाफा बढाए पनि अधिकांशको नाफा भने घटेको देखिन्छ ।

कुन बैङ्क कति प्रभावित ?

माछापुच्छ्रे बैंकले गत वर्ष १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । यस बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्षमा बैंकले १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६्०७७ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा सिटिजन्स बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस बैंकको पनि नाफा घटेको छ । बैंकको यो नाफा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २३।७३ प्रतिशत कम हो ।

सिभिल बैंकले गत आर्थिक वर्षमा ४५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ७० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । सो बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३५।३९ प्रतिशतले कम हो ।

ग्लोबल आइएमइ बैङ्क –जनता बैङ्कलाई गाभेको ग्लोबल आइएमइको नाफा भने बढेको छ ।  ग्लोबल आइएमई बैङ्कले ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ११.८० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैङ्कले २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैङ्कको वितरण वितरण योग्य नाफा २८.६८ प्रतिशतले घटेर १ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष  वितरण योग्य नाफा २ अर्ब ४२ करोड रुपैयाँ थियो । यस अवधिमा बैङ्कको खराब कर्जा अनुपात १.२५ प्रतिशतले बढेर १.८० प्रतिशत पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः पनि ५६.२६प्रतिशत र १२.७६ प्रतिशतले बढेको छ । असार मसान्तसम्म आइपुदा ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८४ पैसाले घटेर १६ रुपैयाँ २७ पैसा कायम भएको छ ।

यसको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९२ पैसा छ । रिजर्भ कोष पनि औसतमा राम्रो छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ छ ।

प्राइम कमर्सियल बैंकले २ अर्ब २९ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा ४।२७८ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

एनएमबि बैंकले आर्थिक वर्ष २०७६्७७ मा २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा १ करोड ३३ लाख रुपैयाँले बढी हो । वितरण योग्य नाफा १ अर्ब ४२ करोड रुपैयाँ छ ।

सनराइज बैंकले गत आर्थिक वर्ष १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । सो बैंकको पनि नाफा घटेको हो । बैंकको वितरण योग्य नाफा ५२ करोड ९१ लाख रुपैयाँ छ ।

नविल बैंकले गत आर्थिक वर्ष २०७६्७७ मा ३ अर्ब ५६ करोड रुपैयाँल नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ मा ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष कोरोनो भाइरसको कारणले उद्योग, व्यापार, व्यवसाय प्रभावित हुँदा नाफामा कमि आएको हो । अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशत नाफा घटेको छ ।

गत आर्थिक वर्ष २०७६्०७७ मा जनता बैंक प्राप्ती गरेर मर्ज गरेको ग्लोबल आइएमई बैंकले ३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ७५ करोड रुपैयाँ थियो ।

नेपाल बंगलादेश बैंकको नाफा पनि घटेको छ । आर्थिक वर्ष २०७६र७७ मा बैंकले १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २१।६२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ नाफा गरेको थियो ।

हिमालयन बैङ्कको खुद नाफा र वितरण योग्य नाफा दुवै घटेको छ । खुद नाफा ८५ ले घटेर २ अर्ब ५४ करोड २५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष बैङ्कले २ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैङ्कको वितरण योग्य नाफा ३५.२६ प्रतिशतले घटेर १ अर्ब ३० करोड ९२ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसको वितरण योग्य नाफा २ अर्ब २ करोड २४ लाख ३९ हजार रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५.४५ प्रतिशत र १५.०५ प्रतिशतले घटेको छ । यसकारण पनि समग्र खुद नाफा प्रभावित हुन गएको हो । यता, निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः १४.६० प्रतिशत र ९.५१ प्रतिशतले बढेको छ । असार मसान्तसम्म आइपुग्दा बैङ्कको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसाले घटेर २७ रुपैयाँ १३ पैसामा सीमित भएको छ । बैङ्कको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २० पैसा रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा सो बैंकले ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको नाफा नि घटेको छ ।

लक्ष्मी बैंकले गत वर्ष १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्षको वितरण योग्य नाफा १ अर्ब १२ थियो ।

सेञ्चुरी बैंकले ९० करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस बैंकको नाफमा केही बृद्धि भएको छ । अघिल्लो वर्ष ६७ करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो ।

एनआइसी एशिया बैंकले पनि नाफामा बृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३।२५ प्रतिशतले नाफा बढाएको हो । सो बैंकले ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ कमाएको छ । त्यसमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ । यस बैकको पनि नाफा घटेको छ । कोरोनाका कराण बैंकको नाफा अघिल्लो वर्षको तुलनामा नाफा १८।२६ प्रतिशतले गिरावट आएको छ ।

इन्भेष्टमेन्ट बैंकको कोरोनाको असरले नाफा घटेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ३२ करोड रुपैयाँ थियो ।

कुमारी बैंकले गतवर्ष १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । वितरणयोग्य नाफा ७१ करोड २८ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । यस बैंकको पनि नाफा घटेको छ ।

सानिमा बैंकले गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा १ अर्ब ७० करोड रुपैयाँ छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । यस बैंकको पनि नाफा घटेको छ । गत वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ४३ करोड रुपैयाँ नाफा गरेको थियो । सो बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा १८।५१ प्रतिशतले कम हो ।

 

प्रतिक्रिया दिनुहोस्