प्रदेश सरकार गठनको तयारी:‘मुख्यमन्त्री र प्रदेश सभामुख छान्न स्थायी कमिटि बैठक’

काठमाडाैं – नेकपा एमालको स्थायी कमिटि बैठक आज बस्ने भएको छ । कम्युनिस्ट गठबन्धनबीच भागबण्डा गर्दा आफ्नो भागमा परेका मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न बैठक आह्वान गरिएको हो ।

बैठक बिहान १० बजेका लागि बोलाइएको एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एमाले-माओवादी कार्यदलको आइतबारको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँडमा सहमति गरेको थियो ।

जसअन्तर्गत एमालेले ४ वटा प्रदेशमा मुख्यमन्त्री, ४ वटामा सभामुख र २ वटामा उपसभामुख पाउने छ । यस्तो माओवादीको भागमा २ मुख्यमन्त्री, २ सभामुख र ४ उपसभामुख परेको छ । आजको बैठकमा कार्यदलको सिफारिश, राष्ट्रियसभा निर्वाचन र पार्टी एकताबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्