सप्तकोशी न.पा.मा एमाले विजयी

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

नगरपालिकाको प्रमुखमा एमालेका उत्तम शर्माले ३ हजार २९ मत ल्याई विजयी भएका हुन् । शर्माका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ध्रुव कार्कीले १ हजार ८ सय ८३ मत ल्याएका जानकारी निर्वाचन अधिकृतले दिएका छन ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै आशा चौधरीले ३ हजार २ सय २६ मत प्राप्त गरी विजयी भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्