सिराहमा कुन दलले कति स्थानमा जीत दर्ता गरे ?

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले दुई/दुई स्थान तथा नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।

माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फोरम नेपालले भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिका तथा नेपाली काँग्रेसले नवराजपुर गाउँपालिकामा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

अर्नमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरीले दुई हजार ४३६ मत तथा उपाध्यक्षमा सोहि पार्टीका सियावती देवी मुखियाले दुई हजार २९९ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्यसैगरि सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका गंगा पासवान र ज्ञानकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । पासवानले चार हजार ३०९ मत र श्रेष्ठले चार हजार ३१३ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्