वाम कार्यदलको बैठक आज पनि, दुई अध्यक्षले निर्देशन दिने

काठमाडौं । एमाले र माओवादी कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकमा दुई पार्टीका अध्यक्षले विशेष निर्देशन दिने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले कार्यदललाई निर्देशन दिन लागेका हुन् ।

सुवास नेम्वाङ नेतृत्वको कार्यदलले आइतबार प्रदेश सरकारका प्रमुख पद भागवण्डा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्