नेकपामा तमासा अति भयो: गगन थापा
काठमाडौं, असार १७ । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा फेरि विवाद चुलीएको छ । नेताहरुको आन्तरिक कलहप्रति अरु दलका नेताहरु पनि दिक्क देखिएका छन् ।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गर्दै जनता भने कोरोनादेखि सलहसम्मको कहर ब्यहोर्न बाध्य भएको तर्क गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरु प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप उत्रिरहेका बेला कांग्रेस नेता थापाले तमासा नदेखाउनु भनेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गर्दै लेख्नुभएको छ, ‘तर, अहिले न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’
कुरा सुन्ने र काम गर्ने सरकार दिन नेकपा नेताहरुलाई आग्रह गर्दै थापा लेख्नुहुन्छ, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेको प्रति इङ्गित गर्दै नेता थापाले नेकपाको तमासा अति भएको बताएका छन् ।
नेकपा भित्र पछिल्लो समय सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण असफल भएको, कोरोना संक्रमण नियन्त्रणमा चुकेको लगायतका विषयमा चर्को असन्तुष्टि बढेको छ । ५ दिन देखि जारी नेकपाको स्थायी कमिटि बैठकमा अधिकांश सदस्यहरूले प्रधानमन्बी ओलीको राजीनामा मागेका छन् ।















प्रतिक्रिया दिनुहोस्