कांग्रेसको भातृ संगठन तरुण दलको राष्ट्रिय भेलाको तयारी सुरु

काठमाडौं। कांग्रेसको भातृ संगठन तरुण दलले राष्ट्रिय भेलाको तयारी सुरु गरेको छ । आउदो माघ २८ देखि ३ दिनसम्म भक्तपुरको नगरकोट सबै जिल्ला र विदेशमा रहेका शाखाका अध्यक्षको भेला र प्रशिक्षणको तयारी सुरु भएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए।

तीनै तहको चुनाव भइसकेको सन्दर्भमा चुनावी समिक्षाको प्रतिवेदनसहित उपस्थित हुन सबै जिल्ला शाखा र विदेशका शाखा अध्यक्षलाई उपस्थित हुन तरुण दलले यसअघि नै पत्राचार गरिसकेको जनाएको छ ।

भेला र प्रशिक्षणले नयाँ चुनावी परिणाम पछि तरुण दलको भूमिकालाई थप बलियो बनाउन नयाँ रणनीति तयार गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्