विप्लव समूहकी नेता उमा भुजेल पक्राउ

काठमाडौं, जेठ २१ । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् । भुजेल कैलालीबाट पक्राउ परेकी हुन् । पक्राउ परेकी उनलाई जिल्ला प्रहरीकार्यालय कैलालीबाट मंगलबा गोरखा अड्डासार गरिएको छ ।

भुजेलविरुद्ध यसअघि नै सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता भइसकेको र आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

भुजेललाई गत पुस दोस्रो साता सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्