प्रदेश नम्बर तीनको पहिलो प्रदेश सभा बैठक माघ १८ गते

काठमाडौं । प्रदेश नम्बर तीनको प्रदेश सभाको पहिलो बैठक माघ १८ गते बस्ने भएको छ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ १८ गते दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेको तीन नम्बर प्रदेशका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए।

उनका अनुसार बैठक क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बस्ने तय भएको छ।

निर्वाचन आयोगले प्रदेश सभाको अन्तिम परिणाम बुझाएको २० दिनमा पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ।

बाँकी ६ प्रदेश सभाको पहिलो बैठक भने आह्वान भएको छैन।

प्रतिक्रिया दिनुहोस्