कोरोनाको असर, रेमिट्यान्स गत आर्थिक वर्षको तुलनामा ४ प्रतिशतले घट्यो

काठमाडौं, जेठ ५ । चालुु आर्थिक वर्षको चैत मसान्तमा कोरोनाको कारण रेमिट्यान्समा ठुलो असर देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको ९ महिनाको तथ्याङ्कमा विप्रेषण अप्रवाह ४ प्रतिशतले घटेको देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६२६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्याँकले देखाउछ। आठौ महिनासम्ममा रेमिट्यान्समा कारोनाको खासै ठुलो असर देखिएको थिएन तर नवौ महिनामा रेमिट्यान्स ह्वातै घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०।९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४।७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९।९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या भने १०।२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७।५ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्या बढेपनि कारोनाका कारण अहिले अधिकाँश देशहरुमा लकडाउन जारी छ जसले गर्दा धेरैले रोजगारी समेत गुमाएका छन् भने रेमिट्यान्स पठाउन सकेका छैनन्।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने समीक्षा अवधिमा १५ प्रतिशत घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४।६ प्रतिशत बढेको थियो।

यस अवधिमा खुद ट्रान्सफर आयमा ४।४ प्रतिशतले कमी आई ७ खर्ब १३ अर्ब ११ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०।९ प्रतिशतले बढेको थियो।

विप्रेषण नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको छ। वाह्य क्षेत्र सन्तुलन कायम गर्न मात्र नभई शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत विप्रेषण आप्रवाहको महत्वपूर्ण भूमिका रहेको राष्ट्र बैंकको तथ्याँकले देखाउछ।

हाल नेपालको कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत हिस्सा रेमिट्न्सको रहेको छ। व्यापार घाटाका कारण चालु खाता ऋणात्मक रहेको अवस्थामा बाह्य वित्तको महत्वपूर्ण स्रोत विप्रेषणले शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा टेवा पुर्याउदै आएको थियो। तर, पछिल्लो समय विप्रेषण आप्रवाहमा आएको कमीले शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति समेत ठूलै प्रभाव पारेको छ। अघिल्लो महिनामा शोधानान्तर स्थिति समेत झण्डै १ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्याँकले देखाउछ।

 

प्रतिक्रिया दिनुहोस्